थप ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना निको, ६ जनाको मृत्यु


५ माघ २०७७, सोमबार
korona

काठमाडौं, ५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय २२ जनामा कोरोना पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ जना पुगेको छ ।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७