अञ्जन विष्ट र विशाल श्रेष्ठ मनाङसँग आबद्ध


४ फाल्गुन २०७४, शुक्रबार
bisal

काठमाण्डौं, ४ फागुन : नेपाल राष्ट्रिय टोलीका विंगर अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग आबद्ध भएका छन् । यसअघि नेपाल एपिएफका खेलाडी अन्जनसहित विशाल श्रेष्ठ, रुपेश केसी र निरज बस्नेतलाई मनाङले आबद्ध गरेको छ । bisal

राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई र रुपेश केसी लाई क्लबले पुनः अनुबन्ध गरेको छ । करीब दुई वर्षअघि राष्ट्रिय लिग दौरान सुदूर पश्चिमविरुद्धको खेलमा घाइते भएका विशाल त्यसयता विभिन्न क्लबबाट खेल्दै आएका थिए । गत चैत्रमा माईभ्याली गोल्ड कपमा संकटाबाट खेलेका उनले यसअघि सिमरा गोल्डकपमा आयोजक नव जन जागृती युवा क्लबबाट खेलेका थिए । रुपेशले भने विगत केहि प्रतियोगितामा संकटाको प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै यू–२३ राष्ट्रिय टोलीका डिफेन्डर निरज बस्नेतले भने सिमरा गोल्ड कपमा मोरङ फुटबल कल्बबाट खेलेका थिए ।

इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनलमा पराजित मनाङ पोखरामा सम्पन्न आहा–रारा गोल्डकपको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–१ ले पराजित भएको थियो । धरानको बुढासुब्बा गोल्डकपको पनि पहिलो खेलमा संकटासँग पराजित भएपछि मनाङले सिमरा गोल्डकपबाट नाम फिर्ता लिएको थियो । त्यस समय चोटको कारण देखाएको मनाङले शनिबार हेटौंडा गोल्ड कपको पहिलो खेलमा नेपाल एपिएको सामना गर्दै छ । मनाङमा राष्ट्रिय टोलीका सुजल श्रेष्ठ, विशाल राईलगायतका खेलाडी लामो समयदेखि खेल्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७