भारतमा कोरोनाको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिट्युटमा आगलागी


८ माघ २०७७, बिहीबार
663dfad624f35919757881c82fa5b807 w1000 h500 cp

काठमाडौं, ८ माघ । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिट्युटमा आगलागी भएको छ ।

भारतीय संचार माध्यमका अनुसार सिरम इन्स्टिट्युटको पुणे प्लान्टको टर्मिनल १ गेटमा आगलागी जारी छ । भवनको पाँचौ र छैठौं तलामा आगलागी जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

f

हाल आगलागी नियन्त्रणमा लिन १० वटा दमकल तथा दर्जनौं अग्निनियन्त्रक खटाइएको छ । सिरम इन्स्टिट्युट अफ इन्डियाले अक्सफोर्ड–एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गरिरहेको छ ।

सिरम इन्स्टिट्युट विश्वमै सबैभन्दा ठूलो खोप उत्पादन गर्ने कम्पनी हो । भारत मात्र नभएर विश्वका कैयौं देश भ्याक्सिनको लागि यस कम्पनीमा निर्भर छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७