टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ


९ माघ २०७७, शुक्रबार
sompal karan malla 20201224114723

काठमाडौं, ९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई) तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् ।

खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्ने छन् । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गएका छन् । उनले अरेबियन्स टोलीबाट खेल्ने छन् ।

टी–१० लिगका कारण खड्का बाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एक दिवसीय प्रतियोगितामा सहभागिता जनाएनन् । खड्काले भने एउटा खेल खेलेका थिए । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७