ओलीसँग अब साइबर सेना र सेटिङ मात्रै बाँकी छ : घनश्याम भुषाल


९ माघ २०७७, शुक्रबार
Ghanshyam bhusal 2 scaled
sf7df8f}F ,( df3M g]kfn sDo”lgi6 kf6L{-g]skf_ bfxfn g]kfn ;d””x n] sf7df8f}Fsf] e[s’6Ld08kdf z”qmaf/ k|ltlglw;ef lj36g lj?¢ cfof]hgf u/]sf] lj/f]w;efdf;Daf]wg ub}{ g]skf g]tf 3gZofd e”iffn . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, ९ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबैथोक गुमाईसकेको बताएका छन् । ओलीसँग अब साइबर सेना र सेटिङ मात्रै बाँकी रहेको उनको जिकिर छ ।

प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले शुक्रबारको विरोधसभामा उपस्थित जनसमर्थनले ओलीको पराजय सुनिश्चित भएको दाबी गरे। उनले भने‘अब ओलीसामु साइबर सेना नामक साइबर स्याल र सेटिङको प्रपञ्च मात्र सहारा बाँकी रहनेछन् ।’

उनले प्रतिगामी कदम सच्चाउन अझै समय रहेको भन्दै सोच्न आग्रह पनि गरे । भने, ‘यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई भन्छु– तपाईं गलत हुनुहुन्छ । समय हुँदै सोच्नुस् । यदि तपाईंले सोच्नुभएन भने इतिहासको कठघरामा पुर्याइनेछ ।’

‘दुईतिहाइ ल्याउने ओलीको वाचा जिउँदो सन्तान मारेर अर्को सन्तानका लागि व्रत बस्नु जस्तै हो’

भुसालले प्रधानमन्त्री ओलीले आउने चुनावमा दुईतिहाइ ल्याउने भनेको भएको सन्तानको हत्या गरेर नयाँ सन्तानका लागि पूर्णिमाको व्रत बस्नु जस्तै भएको बताए । उनले चुनावको बहकाउमा लागे ठूलो गल्ती हुने र ओलीको षड्यन्त्र पराजीत गरेरै छोड्ने बताए । ‘ओलीको चलखेल, षड्यन्त्र, जालझेल पुरा गर्न दिइने छैन’, भुषालको भनाइ छ ।

भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाए । कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र भएको उनले बताए । सर्वोच्च अदालतमा दिएको जवाफमा ओलीले ७ ठाउँमा दुई तिहाइ चाहिएकाले संसद भंग गरेको भन्दै उनले अघि भने, ‘आफूले दुई तिहाइ ल्याउने सुनिश्चित नहुँदासम्म केपी ओलीले चुनाव गराउँदैनन् ।’

अर्को शक्ति ओली र उनका नेताहरुले भन्ने गरेको सेटिङ भएको भन्दै उनले त्यो जसुसी उपान्यासमा मात्र हुने बताए । ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने भन्दै उनले अघि भने, ‘यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाई गलत हुनुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७