नख्खुमा पनि शुरु भयो क्यूआर कोड भुक्तानी प्रणाली


१० माघ २०७७, शनिबार
bank

काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यूआर कोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ ।

केही दिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालमा रहेको तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकसँग साझेदारी गरेको छ । केन्द्रीय बैंकले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको शुरुआत गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसल तथा तरकारी बजारमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरे । नगदरहित कारोबार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो ।

ग्लोबल आइएमई बैंकले क्यूआर मर्चेन्टलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिमको शुरुवात गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७