नेकपाको स्थायी कमिटी वैठक भोलि बस्दै


१० माघ २०७७, शनिबार
nekapa parchanda2021 01 16 06 23 37

काठमाडौं, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक भोलि (आइतबार) बस्ने भएको छ ।

शनिबार काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनले आजको अनौपचारिक बैठकमा दुई–तीन एजेण्डा छलफल भएको र थप एजेण्डासहित आइतबार स्थायी समितिको औपचारिक बैठक बस्ने जानकारी दिए ।

‘आज दुई–तीन एजेण्डामा अनौपचारिक छलफल भयो’, प्रवक्ता श्रेष्ठले भने, ‘भोलि थप एजेण्डासहित औपचारिक बैठक बस्छौं ।’ आजको अनौपचारिक बैठकमा पार्टीले शुक्रबार काठमाडौंमा गरेको विरोध सभाको समीक्षा हुनका साथै आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । भोलिको बैठकका आन्दोलनका आगामी कार्यक्रम र संगठनका विषयमा नै मुख्य छलफल हुने ती नेताले जनाकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७