भारतमा किसान र प्रहरीबीच हिंस्रक झडप, एक किसानको मृत्यु, ८३ प्रहरी घाइते


१४ माघ २०७७, बुधबार
Delhi Jhadap 1

नयाँदिल्ली, १४ माघ । भारतमा किसानको ट्रयाक्टर परेडका क्रममा भएको हिंसामा एक किसानको ज्यान गएको छ भने ८६ प्रहरी घाइते भएको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको गणतन्त्र दिवसका दिन मंगलबार किसानले निकालेको ट्याक्टर र्‍यालीका क्रममा झडप हुँदा ८६ प्रहरी घाइते भएका छन् । यस्तै सडकमा राखिएको बार तोडेर ट्याक्टर लान खोज्दा दुर्घटना भएर एक किसानको मृत्यु भएको छ । उनी उत्तराखण्डस्थित बाजपुरका किसान नवनीत थिए । उनको शव राखेर मंगलबार साँझसम्म किसानले धर्ना दिएका थिए ।

प्रहरीले ट्याक्टर र्‍यालीका लागि दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्मको समय सीमा र रुढ तोकिदिएको पनि किसानले त्यसभन्दा अघि नै र्‍याली निकालेका थिए । किसान बिहान साढे ८ बजे नै ट्याक्टरसहितको जुलुस निकालेर राजधानी दिल्लीमा जबरजस्ती प्रवेश गरेका थिए । दिनभर भएको झडपमा ८६ प्रहरी घाइते भएका हुन् ।

दिल्लीमा मंगलबार भएको हिंसापपछि गृहमन्त्री अमित शाहले उच्चस्तरीय बैठक बोलाए । उनले राजधानीमा अर्धसैनिक बलका अतिरिक्त कम्पनीलाई पनि पठाउन आदेश दिए । दिल्ली प्रहरीलाई स्थिति नियन्त्रणमा लिन आदेश दिए ।

एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ । दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् । उता संयुक्त किसान मोर्चले केही असामाजिक तत्वले उनीहरुको आन्दोलनमा घुसपैठ गरेका दाबी गरे ।

किसान मोर्चाले बेलुकाको परेड तत्काल समाप्त गर्ने घोषणा गरिदिए तर उनीहरुको आन्दोलन जारी रहने जानकारी दिए । यस्तै, परेड समाप्त भइसकेपछि पनि केही किसान ट्रयाक्टरमा सवार भएर दिल्लीको लाल किलातर्फ जाँदै गरेको देखिएको बीबीसी हिन्दीले बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७