कोभिड खोप बिक्रीबाट फाइजर र बायोएनटेकलाई एक वर्षमा १४ अर्ब डलर आम्दानी


२१ माघ २०७७, बुधबार
pfizar 1200x560 1

काठमाडौं, २१ माघ । फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ खोपको बिक्रीबाट सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी आम्दानी हुने भएको छ ।

हालसम्मको मागअनुसार खोप बिक्री हुँदा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने कम्पनीले जनाएको छ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी छ । ‘आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रबल सम्भावना पनि छ,’ कम्पनीले भनेको छ ।

फाइजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण वार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारी गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ । फाइजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७