कार्यकाल नसकिंदै अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा


२१ माघ २०७७, बुधबार
ganeshraj joshi v0CKlio78F

काठमाडौं, २१ माघ । कार्यकाल नसकिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

आफूभन्दा जुनियर व्यक्ति प्रमुख आयुक्त नियुक्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका हुन् । जोशीले प्रेमकुमार राई प्रमुख आयुक्तको पदभार ग्रहण गरे लगत्तै पदबाट राजीनामा दिएका हुन् ।

ganesh joshi rajinama akhtiyar 744x1024 1

जोशी सचिव हुँदा राई सहसचिव थिए । जोशीको कार्यकाल आगामी चैतसम्म छ । जोशीले आफूले राजीनामा दिएको पुष्टि गरेका छन् । जोशीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७