बालिकाको मृत्यु भएपछि कालिका अस्पतालमा ताला


२२ माघ २०७७, बिहीबार
Kalaika Aspatal Syanjaa

स्याङजा, २२ माघ । एक पाँच महिनाकी बालिकाको मृत्युभएपछि स्याङजाको भीरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पतालमा ताला लगाइएको छ ।

भीरकोट–७ तिलारका यामबहादुर खाम्चाकी ५ महिनाकी छोरी लोककुमारी खाम्चाको मृत्यु भएपछि आफन्तले अस्पतालमा ताला लागेको स्याङ्जा प्रहरीका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । अस्पतालमा डाक्टर समयमा उपस्थित नभएको र लामो समयपछि जिल्ला अस्पताल रिफर गर्दा बाटोमै बालिकाले मृत्यु भएको उनको भनाइ छ ।

यता अस्पताल प्रशासनले अस्पतालमा डाक्टर क्वाटरमा बस्ने गरेको र आउँदा केही समय लागेको प्रस्टीकरण दिएको छ । बालिकाको अवस्था गम्भीर भएपछि डाक्टरले जिल्ला अस्पताल स्याङ्जा रिफर गरेको अस्पतालका प्रशासकीय अधिकृत छायादत्त रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७