राष्ट्रिय महिला लिग : आज दुई खेल हुँदै


२७ माघ २०७७, मंगलवार
mahila football lig

काठमाडौं, २७ माघ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ । एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७