शेर्पा सञ्चार समूहको अध्यक्षमा पासाङ


२५ माघ २०७७, आईतवार
sherpa

काठमाडौं, २५ माघ । शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा निर्वाचित भएको छ । छैटौँ महाधिवेशनबाट सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख अतिथ्यतमा शनिबार नेपाल शेर्पा संघको हलमा सम्पन्न छैटौँ महाधिवेशनबाट पासाङ शेर्पा अध्यक्षतमा १५ सदस्य नयाँ कार्यसमिति चयन भएकोे छ ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, उपाध्यक्षमा ङिमा तेण्डी शेर्पा, महासचिवमा डोल्मा शेर्पा, सचिवमा मिङमा शेर्पा, कोषध्यक्षमा ल्हमु शेर्पा, सहकोषाध्यक्ष दिकु शेर्पा निर्वाचित हुनुभएको छ । सदस्यहरूमा डोमा शेर्पा, दिकी डोल्मा शेर्पा, सोनाम शेर्पा, डोल्मा शेर्पा, तेन्जिङ शेर्पा र दिकी शेर्पा निर्वाचित भएका छन् ।

सञ्चार क्षेत्रमा शेर्पाहरुको सहभागिता र उत्प्रेरण साथै संगठित गराउन एकदशक अघि स्थापना भएको शेर्पा सञ्चार समूह नेपाल अहिले संस्थाको लक्ष्य प्राप्तीमा निरन्तर सफल भइरहेको नवनिर्वाचित अध्यक्ष शेर्पाले बताए।’ शेर्पा सञ्चार समूहले समाचारलेखन, उद्घोषण, फोटो पत्रकारितालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ६ जिल्लामा शाखा विस्तार समेत गरिसकेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७