रामकुमारी झाँक्रीलाई बिना शर्त तत्काल रिहा गर्न नेकपाको माग


२९ माघ २०७७, बिहीबार
perish

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले पक्राउ गरिएकी पार्टीको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिना शर्त तत्काल छाड्न माग गरेको छ ।

नेकपाले झाँक्री पक्राउको कडा शब्दमा विरोध गरेको छ । नेकपाले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ । लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन नसक्ने भन्दै नेकपाले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेको छ । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।

riha

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७