एफए कप : बार्न्स्लेलाई हराउँदै चेल्सी क्वार्टर फाइनलमा


३० माघ २०७७, शुक्रबार
skysports kepa arrizabalaga 5269403

काठमाडौं, ३० माघ । बार्न्स्लेलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको क्वार्टर फाईनलमा प्रवेश गरेको छ ।

गए राति बार्न्स्लेको मैदानमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले ६८ औं मिनेटमा निर्णायक गोल गरे ।

चेल्सीले अब क्वाटरफाईनलमा शेफिल्ड युनाईटेडसँग खेल्नेछ । एफए कपकै अर्को खेलमा साउथ ह्याम्पटनले वुल्भर ह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित गर्‍यो ।

क्वार्टर फाइनलमा साउथह्याम्पटनले बर्नमाउथसँग खेल्नेछ । एफए कपका अन्य क्वार्टर फाईनल खेलहरुमा म्यान्चेस्टर सिटी र एभर्टन तथा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७