गरिमा विकास बैंकको अध्यक्षमा बस्याल


१ फाल्गुन २०७७, शनिबार
149999420 172697754359980 872622831568559758 n oyDbzzWFmE 1

काठमाडौं १ फागुन । गरिमा विकास बैंकको १४ औं साधारणसभाबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । स्याङ्जाको गल्याङ नगरपालिका ( ३ घर भएका बस्याल बैंकको स्थापनाकालदेखिनै संचालक समितिमा रहँदै आएका थिए । संस्थापक शेयरधनी समूहतर्फ ३ जना र सर्वसाधारण शेयरधनी समूहतर्फबाट ३ जना गरि बनेको ६ जनाको संचालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो ।

यसैगरी १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्फ संचालकमा श्यामप्रसाद बस्याल, डा। आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि यही माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा माघ ११ गतेसम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७