चार पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा बुझाए अवहेलना मुद्दाको लिखित जवाफ (जवाफको पूर्णपाठ)


३ फाल्गुन २०७७, सोमबार
sarbochha 1

काठमाडौं, ३ फागुन । अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्व प्रधानन्यायाधीश आज (सोमबार) सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

अदालतले चार पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।

अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो । चार पूर्व प्रधानन्यायाधीश लिखित जबाफ बोकेर अदालत पुगेका हुन् ।

पूर्व प्रधान्यायाधीश श्रेष्ठले म्याद बुझ्नुका साथै लिखित जबाफ पनि अदालतलाई बुझाएको जानकारी दिएका छन् । उनीहरुको लिखित जबाफमा आफूहरुको अदालतको अबहेलना गर्ने कुनै मनशाय नरहेको बताइएको छ ।

चार पूर्व प्रधानन्यायाधीशले केही अघि संयुक्त विज्ञप्ति जारी गरेका थिए । संयुक्त विज्ञप्तिले न्यायापालिकाको गरिमा घटाउने र प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने रिट निवेदकको जिकिर छ । रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७