बैसाखमा चुनाव हुँदैन् :प्रचण्ड {भिडियाे}


३ फाल्गुन २०७७, सोमबार
puspa kamal dahal prachand scaled

काठमाडौं, ३ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बैंशाखमा निर्वाचन गर्नै नसक्ने तर्क गरेका छने । सोमबार भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उहाले संसद बिघटन चुनाव हुनका लागि गरिएको कदम नै नभएको बताएको हो ।

उहाले प्रधानमन्त्री केपी ओलीको प्रतिगामीकदमलाई परास्त गरेरै छाड्ने दोहराउनुभयो । लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको जिकिर गरे । प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्च¥याली जम्मा गर्ने, जमिन बाड्छौं भनेर मान्छे उतार्ने कामले केही अर्थ नहुने बताए ।

प्रचण्ड सोमबार दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न चितवन गएका हुन ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७