प्रिमियर लिगमा चेल्सीसँग न्युक्यासल युनाइटेड पराजित


४ फाल्गुन २०७७, मंगलवार
1231187956.0 2PiXPdr0kS

काठमाडौं, ४ फागुन । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एकरएक गोल गरे ।

जितसँगै चेल्सीले वेस्टह्याम र लिभरपुललाई पछि पार्दै चौंथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अङ्क छ । न्युक्यासल २५ अङ्कजोडेर १७ औं स्थानमा रहेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अङ्कले तथा दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टरसँग ४ अङ्कले पछि छ ।

यस्तै गए राति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्टह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै वेष्टह्याम पाँचौं स्थानमा उक्लिएको छ । वेष्टह्यामको २४ खेलबाट ४२ अङ्क छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७