आरआर क्याम्पसमा ओली समूहका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका चार जना घाइते


४ फाल्गुन २०७७, मंगलवार
rr campus

काठमाडौं, ४ फागुन । आरआर क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका छन् ।

ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिष बस्नेत घाइते भएका छन् ।

आज (मंगलबार) बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्कालगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्ष समेत हुन् ।

उनीहरुले क्याम्पस प्रांगणमै आफूहरुमाथि आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले बताए ।

‘आक्रमणमा चार जना साथीहरु घाइते हुनु भएको छ, उहाँहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ’, प्रचण्ड–नेपाल निकट विद्यार्थी नेता सुशील खनालले भने । आक्रमणमा घाइते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेको बताएका छन् । उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध नगराएको प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र शर्माले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७