काठमाडौं महानगरका १८ सय कर्मचारीको स्वतः एक तह बढुवा

बार्षिक तीन करोड ६० लाख वित्तीय भार पनि बढ्यो


५ फाल्गुन २०७७, बुधबार
bidhya sundar hari prabha
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिकाले १८ सय कर्मचारीको एक तह स्वतः बढुवा गरेको छ ।

महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह बढुवा गरेको हो । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको छ ।

ma

महानगरको नगर सभा बैठकले सो ऐन पारित गरे लगत्तै मंगलबार सबै कर्मचारीको एक तहरस्तर बढुवा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिए । महानगरपालिकाका करिब एक हजार ८ सय कर्मचारीको एकै पटक बढुवा भएको छ ।

यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ । यसअनुसार महानगरपालिकालाई महिनामा करिब ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७