नेपाल टेलिकमले सुरु गर्यो एनटी च्याटबोट सेवा


५ फाल्गुन २०७७, बुधबार
chatbot1613471522

काठमाडौं, फागुन ५ । नेपाल टेलिकमले एनटी च्याटबोट सेवा सुरु गरेको छ। अब टेलिकमका सेवाहरु तथा सेवा प्रदान गर्ने विधिबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित जानकारी पाउन सकिन्छ।

कम्पनीको वेबसाइट खोल्नेबित्तिकै सुरुको पेजमै एनटी च्याटबोटको सानो स्क्रिन देखापर्छ। त्यहाँ ‘निड हेल्परु वेलकम टु एनटी च्याटबोट’ लेखिएको हुन्छ। यसमा कम्पनीका विभिन्न सेवाबारे जानकारी लिन उपलब्ध विकल्पको छनौट गर्नुपर्छ। नेपालीरअंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटिटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिबारे जानकारी पाउन सकिन्छ। त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायतरगुनासो समेत गर्न सकिन्छ।

सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत हुन नसकेमा कम्पनीको सम्बन्धित विभागरपदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने बताइएको छ।

थप जानकारी लिन एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर, कम्युनिटी, इन्स्टाग्राम प्रयोग गर्न सक्छन्। ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी पाउन सक्छन्।

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उक्त सेवा सुरु गरेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७