च्याम्पियन्स लिगमा डर्टमन्ड र पोर्टो विजयी


६ फाल्गुन २०७७, बिहीबार
thumb 10

काठमाडौं, ६ फागुन । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार बोरुसिया डर्टमन्ड र एफसी पोर्टो विजयी भएका छन् । इर्लिङले आफ्नो उत्कृष्ट लय कायम राख्दै दुई गोल गरेपछि डर्टमन्डले सेभियालाई उसको घरमा ३–२ ले हराएको हो ।

घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको डर्टमन्डले त्यसलाई बिर्साउने गरेर यो सफलता हात पारेको हो । अब दोस्रो लेगको खेल मार्च ९ मा जर्मन भूमिमा हुनेछ र त्यस अगाडि डर्टमन्ड अर्को चरणका लागि बलियो प्रत्यासी हुनेछ ।

अर्कोतर्फ पोर्टोले आफ्नो घरेलु मैदानमा प्रत्येक हाफको पहिलो मिनेटमा भएको गोलको मदतले युभेन्टसलाई २–१ ले हरायो । मेहदी तारेमीले पहिलो गोल गरेपछि मउसा मारेगोले दोस्रो गोल थपे ।

खेलको ८२औं मिनेटमा फेडरिको चिसाले युभेन्टसका लागि एक गोल फर्काउँदै अन्तिम १६ को टाईलाई रोमाञ्चक मोडमा पुर्‍याए । अब युभेन्टससामु आफ्नो मैदानमा हुने खेलमा पोर्टोको अग्रता उल्टाउन सक्ने अवसर हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७