‘बुद्धिजीवी बिग्रिए सबै बिगार्छन्’


८ फाल्गुन २०७७, शनिबार
kp oli 5

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूलाई सही बाटो देखाउन टर्चलाइट हुन आग्रह गरेका छन् । बुद्धिजीवीहरू सप्रिए सर्जक बनी सबैलाई सही बाटो देखाउने तर बिग्रिए सबैलाई बिगार्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘केही बुद्धिजीवीले धेरै बुझे र बिग्रिए । त्यस्ता बुद्धिजीवी देश, जनता र समयविरुद्ध हुँदारहेछन्’, प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा भने, ‘बुद्धिजीवी दर्शनतिर लाग्छन् अलमलिन्छन् । बाजले डाइभ हाने जस्तो गर्छन् ।’

ओलीले सही बाटोबाट सहज परिस्थिति निर्माण हुने तर केही बुद्धिजीवीले बेरोजगार युवालाई गलत बाटोमा लगेको आरोप उनले लगाए । ‘केही हिंस्रक तत्वहरूले मौका पाउनासाथ प्रवृत्ति देखाए अनि जनतालाई कुहिरोको काग बनाउने प्रयत्नमा लागे’, उनले भने । किसानले जे छ त्यही देख्छ तर बुद्धिजीवी त्यसमा इन्द्र देख्ने, हात्तीमा चढेर बज्र समातेको देख्ने अनि किसानलाई उल्लीबिल्ली पार्ने गरेको उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उक्त कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा निबन्धतर्फ गणेशप्रसाद भट्टराई, रेजिना आपगाईँ र प्रेमराज सिलवाल अनि कवितातर्फ विक्रम पवन परियार, गोविन्दगोपाल खतिवडा र तेज राई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७