जातीय विभेद गर्ने घरबेटीविरुद्ध प्रहरीमा उजुरी


८ फाल्गुन २०७७, शनिबार
karuna bishwokarma.jpg .2021 02 18

काठमाडौं, ८ फागुन । दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने काठमाडौंको धापासी हाइट घर भएका माधवराज भुसालविरुद्ध करुणा विश्वकर्माले प्रहरीमा जाहेरी दिएकी छिन् । जातीय छुवाछुत तथा भेदभाव ऐनअन्तर्गत उनले बिहीबार महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी हुन् ।

३ फागुनमा हजार रुपैयाँ एडभान्स लिइसकेकी घरधनी भुसालकी पत्नीले करुणा ‘विश्वकर्मा’ भएको थाहा पाएपछि फ्ल्याट दिन अस्वीकार गरेकी थिइन् । ‘प्रहरीमा जाहेरी दिएकी छु । अब कानुनी प्रक्रिया अगाडि बढ्छ । मसँग गरिएको जातीय विभेदको सजाय उहाँहरूले पाउनैपर्छ,’ करुणाले भनिन् ।

घरधनी भुसालले भने करुणालाई जात र थरबारे केही नसोधिएको दाबी गरे । ‘२ फागुनको दिउँसो १२ बजे एक जना अपरिचित महिलाले हामीलाई फ्ल्याट खाली छ भनेर सोधेकी थिइन्, तर हामीले तत्कालै नदिने बताएका हौँ,’ उनले भने । तर, करुणाले भने भुसालले आफ्नो आत्मसम्मानमा चोट पुर्‍याएकाले अदालतसम्मै पुग्ने बताइन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७