संसद् विघटनबारे न्यायलयको फैसला स्वीकार गर्छौं : वर्षमान पुन


९ फाल्गुन २०७७, आईतवार
Barshaman

संखुवासभा, ९ फागुन । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुले स्वीकार गर्ने बताएका छन् ।

नेकपाले संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलन जारी राखेकै बेला शनिबार खाँदबारीमा जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताए ।

‘न्यायालयले संविधानको अक्षर, भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गनर्छ भन्ने हाम्रो विश्वास छ’, पुनले भने, ‘न्यायालयले गर्ने फैसला हामी स्वीकार गर्छौं ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७