गोरखामा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिए


१० फाल्गुन २०७७, सोमबार

गोरखा, १० फागुन । गोरखाको बारपाक सुलीकोट गाउँपालिमा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना मंगलबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एक जना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका (छोरीकी छोरी) मृत अवस्थामा भेटिएका हुन् । बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनै जना मृत्त भेटिएको स्थानीयलाई उद्धृत गर्दै लौडारीले जानकारी दिए ।

मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी निरीक्षक लौडारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । प्रहरी घटनास्थल नपुगेकाले मृतकको विवरण प्राप्त भएको छैन । ‘हामी घटनास्थलतर्फ जाँदैछौ, पुगेपछि मात्र थप कुरा बोल्न सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७