कक्षा–२ मा पढ्ने विद्यार्थी बलात्कारको आरोपमा शिक्षक पक्राउ


१० फाल्गुन २०७७, सोमबार
Rape
सांकेतिक तस्वीर

डडेल्धुरा, १० फागुन । डडेल्धुरामा कक्षा २ मा पढ्ने विद्यार्थी बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन् । १० वर्षीय बालिकालाई माथि जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन् ।

गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल जानकारी दिए ।

विद्यालयले कक्षा–२ मा पढ्ने बालिकामाथि जबरजस्ती बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएको थियो । बालिका सोही विद्यालयमा अध्ययनरत छिन् । बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७