पूर्व प्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना


११ फाल्गुन २०७७, मंगलवार
baburam bhattarai 1

काठमाडाडैं, ११ फागुन । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज (मंगलबार) अस्पताल भर्ना भएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिएका डा. भट्टराई आज थप उपचारको लागि भर्ना भएका हुन् । ललितपुरको निदान अस्पतालमा गरिएको परीक्षणमा डा. भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परीक्षण एवं उपचारका लागि दिल्ली गएका हुन् ।

Capture 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७