फेरि कोरोनाको खतरा बढेसँगै महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि कर्फ्यू


११ फाल्गुन २०७७, मंगलवार
4c0af15c22983a845e66db8df885699e w1000 h500 cp

नयाँदिल्ली, ११ फागुन । फेरि कोरोनाको खतरा बढेसँगै भारतस्थित महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि कर्फ्यू लागू गरिएको छ । बिहान ८ बजेबाट कर्फ्यू लागू गरिएको बीबीसीहिन्दीले जनाएको छ ।

यस कर्फ्यूको अवधि आगामी मार्च एकको बिहान ६ बजेसम्म जारी रहनेछ । पछिल्लो समय कोरोना संक्रमित तीव्र गतिमा बढेकाले यहाँ आपतकालीन अवस्था घोषणा गरिएको हो ।

त्यहाँको स्थानीय सरकारका अनुसार कर्फ्यूको अवधिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मानिसहरु आवश्यक कामको लागि मात्र बाहिर निस्कन पाउने छन् । भारत हाल विश्वमै कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको दोस्रो मुलुक हो ।

यहाँ हालसम्म १ करोड १० लाख १६ हजारमा कोरोना पुष्टि भइसकेको छ । संक्रमितमध्ये १ लाख ५६ हजारको यहाँ मृत्यु भइसकेको छ । भारतमा गत जनवरी १६ देखि नै कोरोना खोप कार्यक्रम सुरुवात भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७