रिट निवेदकलाई इजलासले बोलायो, सर्वोच्चमा सुरक्षा बढाइयो


११ फाल्गुन २०७७, मंगलवार
Suprem court 7np6rBbXhn

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतमा मंगलबार साँझ सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसर र वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई ‘हेर्दा हेर्दै’ मा राखेको थियो ।

मंगलबार साँझ इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको एक रिट निवेदकले बताए । ‘हामीलाई इजलासले बोलाएको खबर आएको छ । फैसला सुनाउन हो कि किन हो थाहा छैन,’ उनले भने ।

thumb 1 2

अहिले त्यहाँ तैनाथ सुरक्षाकर्मीको संख्या पनि उल्लेख्यरुपमा बढाइएको छ ।
रामशाह पथ, माइतीघर लगायतका क्षेत्रमा पनि सुरक्षाकर्मीको संख्या बढाइएको छ भने सर्वसाधारणको आवतजावत समेत सो क्षेत्रमा नियन्त्रण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७