पम्फा भुसालको चेतावनी : प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकालिन्छ


१२ फाल्गुन २०७७, बुधबार
pamfa bhusal

काठमाडौं, १२ फागुन । नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।

प्रतिनिधिसभा नर्स्थापना भएको खुशीयालीमा आज (बुधबार) काठमाडौंमा निकालिएको ‘विजय जुलुस’ लाई सम्वोधन गर्दै भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग थोरै भए पनि नैतिकता भए ढिला नगरी राजीनामा दिनुपर्ने बताइन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि हिजै राजीनामा आउँला भनेर आफूले सोचेको बताउँदै भुसालले भनिन्, ‘प्रधानमन्त्रीले राजीनामा दिएर ठाउँ खाली गर्नुपर्छ ।’

उनले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् । ‘पशुपतिमा गएको सुनें । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् । जनसंघर्ष समितिका सहसंयोजक भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् ।

‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो’, उनले भनिन् । राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । विजय जुलुसमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७