टर्कीमा एक विमान सञ्चालक र दुई पाइलट जेल चलान, यस्तो छ कारण


१३ फाल्गुन २०७७, बिहीबार
3000

काठमाडौं, १३ फागुन । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९ मा जापानमा भएको मानव तस्करीसम्बन्धी घटनामा संल्गन भएको आरोपमा विमान सञ्चालकसहित पाइलटलाई जेल सजाय सुनाइएको हो ।

यस्तै घटनामा संलग्न दुई जना पाइलटलाई भने प्रवासी कामदार तस्करीमा संलग्न भएको पुष्टि नभएको भन्दै अदालतले क्लीनचिट दिएको छ । सन् २०१८ मा टोकियोमा दुराचारसम्बन्धी आरोपमा पक्राउ परेका घोसेनको मुद्दामा संलग्न भएको आरोप प्रमाणित भएपछि तीन जनालाई कारागार चलान गरीएको हो ।

पक्राउ परेका ती नागरिकलाई निजी विमानमार्फत ओसाकाबाट टर्की पठाइएको थियो । विभिन्न विवादास्पद घटनामा संलग्न भएको आरोप लागेका फ्रान्सेली, लेबनानी र ब्राजिलको नागरिकता पाएका घोस्नले २० वर्षअघि जापानमा निशान मोटरको उत्पादन सुरु गरेका थिए ।
घोस्नेलाई व्यक्तिगत लाभका लागि कम्पनीको सम्पति दुरुपयोग गरेको क्षतिपूर्तिसम्बन्धी कानुन उल्लंघन गरेको आरोप समेत लगाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७