ओली आफ्नै कदमले ‘घर न घाट’ भएका छन्, भारतले चतुर राजनीतिक चाल चाल्नु पर्छ : विजेपी नेता सुब्रमण्यन


१३ फाल्गुन २०७७, बिहीबार
51441 kayeodxacv 1487077959

काठमाडौं, १३ फागुन । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यन स्वामीले नेपाल सम्भवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने टिप्पणी गरेका छन् ।

आज (बिहीबार) सामाजिक सञ्जालमार्फत् नेपालको राजनीतिबारे आफ्नो टिप्पणी सार्वजनिक गर्दै बीजेपीका केन्द्रीय कार्य समिति सदस्य रहेका उनले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन् । भारतको राज्य सभाका सदस्य समेत रहेका स्वामीले भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने बताएका छन् ।

Capture 6

अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ ।

‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नै पर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नु पर्छ ।’

सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि पहल अगाडि बढिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७