३१ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)


१३ फाल्गुन २०७७, बिहीबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, १३ फागुन । सरकारले ३१ सहसचिवको एकैपल्ट सरुवा तथा पदस्थापन गरेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपल्ट ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

गृह मन्त्रालयमा खगेन्द्रप्रसाद रिजाललाई ल्याइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

यस्तै छविलाल रिजाललाई पनि सञ्चार मन्त्रालयबाट गृहमा ल्याइएको छ । यस्तै रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

लगानी बोर्डको कार्यालयमा रहेका धर्मेन्द्रकुमार मिश्रलाई मधेसी आयोगमा सरुवा गरिएको छ भने दीर्घराज मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
हेर्नुस् सरुवा तथा पदस्थापनको सूची

1 8
2 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७