नेपालले कार्बन उत्सर्जन कटौती वापत पाँच अर्ब पाउँदै


१४ फाल्गुन २०७७, शुक्रबार
ERPA

काठमाडौं, १४ फागुन । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भाेसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।

सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाए बापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया–प्रशान्तमा पाँचौं र विश्वव्यापीरूपमा १२औं देश हुन पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७