पोखरामा पनि माछापुच्छ्रे बैङ्कको क्यूआर सेवा शुरु


१४ फाल्गुन २०७७, शुक्रबार
IMG e342444cdad2e5bc10e00875f7a157f3 V 5GakdOPtDJ

काठमाडौं, फागुन १४। देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा तथा पोखरा कै सिद्धार्थ चोकमा रहेको कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले पोखराका ३ स्थानमा एकैपटक भव्य क्यूआर कोड शुरु गरेको हो । पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैङ्कका का।मु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैङ्कका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त सेवाको शुरु गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्कका सञ्चालक विश्वप्रकाश गौतम तथा सृजना कार्कीको पनि उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैकिङ्ग एप्लिकेशन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरी, पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यूआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका का।मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।

ग्राहकले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्यूआर कोड सेवाको साथै माछापुच्छ्रे बैङ्कको क्यूआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९००० पुगेको छ ।

उक्त कार्यक्रममा माछापुच्छ्रेका संचालक, नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरू, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७