बेल्जियममा फैलियो कोरोना : लकडाउन हुने, आफन्त भेट्न नपाएको भन्दै प्रदर्शन


१६ फाल्गुन २०७७, आईतवार
thumbs b c 277310f02b41bef3dcba7451255d9dc2

काठमाडौं, १६ फागुन । बेल्यिजयमको नामुर कारागारमा १३२ कैदीबन्दी र ६० जना कर्मचारीमा कारोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने भएको छ । संक्रमित कैदीलाई भेट्न नदिएपछि आफन्तहरुले भने प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्ररुप लिने जेल प्रशासनको भनाइ छ । प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको संक्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताए ।

महामारी नियन्त्रणको दिशामा अघि बढिरहेको बेला संक्रमण फैलिएको भन्दै नियन्त्रणका लागि थप कदम चाल्ने उनको भनाइ छ । बेल्जियममा हालसम्म पनि रात्रीकालिन लकडाउन जारी छ । बेल्जियममा हालसम्म ७ लाख ६६ हजार ६ सय बढी कोरोना संक्रमित छन् भने २२ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७