घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


१६ फाल्गुन २०७७, आईतवार
gold

काठमाडौं, १६ फागुन । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो ।

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७