म्यानमारमा चर्कियो सैनिक शासनविरुद्ध आन्दोलन, एकै दिन कम्तिमा १८ आन्दोलनकारीको मृत्यु


१७ फाल्गुन २०७७, सोमबार
782406 01 02

काठमाडौं, १७ फागुन । म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

बीबीसीका अनुसार आइतबार एकै दिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक भनेको छ र उक्त दिनलाई सबैभन्दा ‘घातक दिन’ भनेको छ ।

आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको छ ।

प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो । उता, त्यहाँको सैनिक नेतृत्वले संयुक्त राष्ट्रसंघका राजदूतलाई समेत हटाइदिएको छ । सैनिक सत्ताको विरोधमा बोलेको भन्दै राजदूतलाई हटाइएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७