बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली


१८ फाल्गुन २०७७, मंगलवार
a5f7a095b46985289521c51bd87fde26 w1000 h500 cp

बेलायत, १८ फागुन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१ आंँ राजदूत हुन् ।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए ।

सोमबार मात्र लण्डन आइपुगेका रेग्मीले सोही दिन नै कार्यभार सम्हालेका हुन् । उनलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७