परस्त्रीसँगको यौन भिडियो बाहिरिएपछि कर्नाटकका मन्त्रीले दिए राजीनामा


१९ फाल्गुन २०७७, बुधबार
a28ea0d1d9c6adac647795cfb89cdf71 w1000 h500 cp

काठमाडौं, १९ फागुन । भारतको कर्नाटक राज्यका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको बताएका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ ।

उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । यसअघि जरकीहोलीमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

जारकीहोली एक महिलासँग सम्भोगरत सीडी सार्वजनिक भएपछि हंगामा मच्चिएको हो । सामाजिक कार्यकर्ता दिनेश कल्लाहल्लीले सीडी सार्वजनिक गर्दै रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकीहोलीले महिलाको यौन शोषण गरेको आरोप लगाएका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार यो काण्ड सार्वजनिक भएपछि विपक्षी दल भारतीय कांग्रेसले मन्त्रीको राजीनामा मागेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७