कांग्रेस संसदीय दलको बैठक बस्दै, नयाँ सरकार र प्रमविरुद्ध अविश्वास प्रस्तावबारे छलफल गर्ने


२१ फाल्गुन २०७७, शुक्रबार
congress samsadiya dal

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (शुक्रबार) संसदीय दलको वैठक बस्दैछ ।

अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा छलफल गर्न वैठक बस्न लागेको कांग्रेसले जनाएको छ । हिजो साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस विषयमा छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेन ।

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा (फागुन २३ गते) कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गर्न देउवाले बैठक राखेका थिए । तर बैठक बिना निष्कर्ष टुंगिएको नेताहरूले जानकारी गराएका छन् । कांग्रेसका शीर्ष नेताहरुमा सरकारमा जाने–नजाने भन्ने विषयमा फरक धारणा देखिंदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७