एटलेटिको र रियलबीच बराबरी


२४ फाल्गुन २०७७, सोमबार
thumb 5

काठमाडौं, २४ फागुन । स्पेनी ला लिगामा एटलेटिको म्याड्रिड र रियल म्याड्रिडले आइतबार एक–एकको बराबरी खेलेका छन् । करिम बेन्जेमाले खेल सकिन दुई मिनेट अगाडि गोल गर्दै एटलेटिकोलाई तीन अंक लिनबाट वञ्चित गरे ।

एटलेटिकोले भने लुइस स्वारेजको गोलले अग्रता लिएको थियो । यो नतिजापछि एटलेटिको २५ खेलबाट ५९ अंकसहित शीर्ष स्थानमा छ भने रियलको २६ खेलबाट ५४ अंक भएको छ र तेस्रो स्थानमा छ ।

दुई म्याड्रिड क्लबबीच बार्सिलोना ५६ अंकमा दोस्रो स्थानमा छ । आइतबारका अन्य खेलमा सेल्टा भिगोले हुएस्कालाई ४–३, रियल सोसिडाडले लेभान्टेलाई १–० र एथलेटिको बिलबाओले ग्रेनेडालाई २–१ ले हरायो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७