उद्योग-व्यवसायीलाई ओलीले भने, ‘इमानका साथ देश बनाउने अभियानमा जुट्नुहोस्’
एमाले निकट उद्योग व्यवसायीले प्रधानमन्त्री ओलीलाई दिए बधाई
काठमाडौं ८ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले अब सबै इमानका साथ देश बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् । अबको समय देशको समृद्धिको निम्ती खर्चिनुपर्नेमा उनको जोड छ ।
मंगलबार बधाई दिन प्रधानमन्त्री निवाश पुगेका एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको टोलीलाई प्रधानमन्त्री ओलीले भने,‘अब इमानका साथ देश निर्माण अभियानमा जुटौं ।’ नेपाल उद्योग तथा व्यवसायी महासंघको टोली बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई बधाई दिइएको नेपाल उद्योग तथा व्यवसायी महासंघका उपाध्यक्ष एंव प्रतिनिधिसभा सदस्य एल पी साँवा लिम्बुले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले एमाले निकट उद्योग तथा व्यवसायीहरुलाई मुलुक निर्माण अभियानमा जुट्न निर्देशन समेत दिए ।
महासंघले आफ्नो अधिवशेनमा निम्तो पनि दिएको छ । महासंघको दोस्रो अधिवशेन यही फागुन १९ र २० गते काठमाडौंमा महासंघको महाधिवशेन हुदैछ । महासंघमा नेपाल राष्ट्रिय वाणिज्य संघ, नेपाल निर्माण उद्योग परिषद्, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ, निर्माण सामग्री संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका लगायत आबद्ध छन् ।
फोटो फिचर :