सके आफै टिक्ने, नभए निर्वाचनमा जाने ओलीको दाउ


३ चैत्र २०७७, मंगलवार
kp oli2021 02 24 06 40 07

काठमाडौं, ३ चैत । पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्न आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन् । तीन वर्षाअघि नेकपा एमले र माओवादी केन्द्र (नेकपा) समेत बदर भएपछि पधानमन्त्री ओली जनता समाजववादी पार्टी (जसपा) सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा छन् ।

त्यसका लागि अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महत्तोसहितको नेताहरुसँग कार्यदल नै बनाएर छलफलमा जुटेका छन् । तर पूर्व प्रधानमन्त्री बाबुराम भचट्टराइ, उपेन्द्र यादवसहितका नेताहरु ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा छैनन् ।

भट्टराई र यादव ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् । सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा एउटा समूह अहिलेको सरकारको पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरुको बुझाइ छ । ठाकुरसहितको एउटा समूह र रेणु यादवसहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोतको दावी छ ।

त्यस्तो अवस्थामा एमालेको सहभागिताविना अर्को सरकार गठनको सम्भावना कमजोर हुनेछ । तर एमालेभित्रकै विवाद बढ्दै जाँदा माधवकुमार नेपालसहितका नेताहरु नै ओलीको विपषमा उभिन सक्ने आकलन गर्न थालिएको छ । त्यसले आफू नेतृत्वको सरकार कमजोर हुने विश्लेषण गरेका ओली पक्षले उनीहरुलाई फकाउनसहमतिको हात बढाएका छन् । सोमबार पार्टी मुख्यालयमा नेपालसहितका नेताहरुसँग ओलीले छलफल गरे ।

छलफल कुनै ठोस निष्कर्षमा नपुगे पनि ओली पक्षीय नेताहरु नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोक्ने रणनीतिमा पुगेका छन् । ओली नेपाल समूहलाई केही समय अल्मल्याएर जसपाको समर्थनमा संसदबाट विशवासको मत लिने रणनीयितमा छन् । प्रधानमन्त्री ओली सके जसपासहितको दलको समर्थनमा आफ्नो सरकारलाई निरन्तरता दिने, नभए ७६ (२) अनुसार एकभन्दा बढी दलको समर्थनमा अर्कोलाई प्रधानमन्त्री हुन नदिने रणनीतमा छन् ।

आफ्नो पक्षमा पनि बहुमत नजुट्ने र अर्को व्यक्तिका लागि समर्थन नहुने अवस्थाम ओली संसदबाट विश्वासको मत्त लिने रणनीतिमा रहेको जानकारी दिँदै निकट एक नेताले भने, ‘संविधानको प्रावधानअनुसार सरकार गठनका सबै प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओली मुलुकलाई निर्वाचनमा लैजान चाहनु हुन्छ ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७