मेसीले बनाए ज्याभीको बराबरी कीर्तिमान


३ चैत्र २०७७, मंगलवार
messi

काठमाडौं, ३ चैत । लियोनल मेसीले सोमबार बार्सिलोनाका लागि ७६७ औं खेल खेल्दै ज्याभीसँगको कीर्तिमान बराबरी गरेका छन् । उनले दुई गोल गर्दै अर्कोमा अवसर सिर्जना गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा हुएस्कालाई ४–१ ले हरायो ।

यस्तै एन्टोन ग्रिजमन र ओस्कार मिगुएजाले पनि गोल गरे । हुएस्काका लागि राफा मिरले एक गोल फर्काए । यो जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा फर्केको छ । टोली शीर्ष स्थानबाट चार अंकको दूरीमा छ । एट्लेटिको म्याड्रिड २७ खेलबाट ६३ अंकमा छ ।

अर्जेन्टिनी ३३ वर्षीय मेसीले सन् २००४ को अक्टोबरमा एस्पान्योलविरुद्ध डेब्यु गरेका थिए । अब उनी आइतबार रियल सोसिडाडविरुद्धको लिग खेलमा ज्याभीलाई उछिनेर बार्सिलोनाका लागि सबैभन्दा बढी खेल्ने खेलाडी हुन सक्नेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७