चट्याङको पूर्वानुमान गर्नै कठिन


५ चैत्र २०७७, बिहीबार
chatyang

काठमाडौं, ५ चैत । सुर्खेतको लेकबेसीं नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशुचौपाया जल्यो । त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक व्यक्ति घाइते भए ।

ताप्लेजुङ र सिन्धुलीमा चट्याङ पर्दा एक जना घाइते भए भने धनमाल जलेर नष्ट भयो । अहिले पूर्व–मनसुन सुरु भएसँगै मेघ गर्जन र चट्याङ पर्ने घटना बढ्दै गएको छ । अझै करिब एक साता बदलीकै अवस्था रहने हुँदा मेघ गर्जन र चट्याङ बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै छ । पूर्व मनसुनको प्रकृतिअनुसार मध्याह्नपछि बदलीसँगै वर्षा हुने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । कालो बादल देखिए पनि कडा खालको वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७