अन्ततः नेपाल–चीन जोड्ने रेल योजनाको खाका तयार


९ फाल्गुन २०७४, बुधबार
rel

काठमाण्डौं, ९ फागुन : असम्भव जस्तो मान्दै आइएको चीन–नेपाल जोड्ने रेल प्रस्तावको प्रारम्भिक खाका अन्नतः बनेको छ । चीन–नेपाल जोड्ने रेल योजना अगाडि बढाउन चीनले चासो देखाइरहे बेला उक्त प्रस्तावको प्रारम्भिक खाका बनिसकेको नेपाली अधिकारीहरूले जानकारी दिएका छन् ।rel

केरुङ हुँदै काठमाण्डौं, पोखरा र लुम्बिनीसम्म विस्तार गरिने भनिएको उक्त परियोजनाको लागि पौने ३ खर्ब रूपैयाँ लाग्न सक्ने अनुमान चिनियाँ अध्ययनले देखाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चीनलाई रेल निर्माणको प्रस्ताव दिन मन्त्रालय प्राविधिक रूपमा तयारी अवस्थामा छ ।

केरुङबाट काठमाण्डौं हुँदै पोखरा र लुम्बिनीसम्म पुर्‍याउने भनिएको उक्त परियोजनाको ठोस प्रस्ताव दिन चीनले भनिरहेको बताइएको बेला उक्त परियोजनाको लगानी कसले र कुन विधिमा गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ । केपी ओली यसअघि प्रधानमन्त्री भएको बेला चीनसँग भएको चर्चित पारवहन तथा अन्तरदेशीय रेलवे निर्माण सम्झौताबीचमा ओझेलमा परे पनि त्यसलाई पुनः ब्युत्याउन लागिएको प्रधानमन्त्री निकट एमालेका नेताले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७