एनआरएनए अमेरिकाको उपाध्यक्षमा चन्द्र लामाको उम्मेदवारी


१३ चैत्र २०७७, शुक्रबार
chandra lama

काठमाडौं, १२ चैत । दुई दशकदेखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका अमेरिकाको खेलकुद संयोजक चन्द्र लामाले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए एनसिसी युएसएको सदस्यता लिने अन्तिम मिति फेब्रुअरी १५ ,२०२१ रहेको छ ।

नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल ओलम्पिक कमिटिका सदस्य रहेका लामा अमेरिकामा आयोजना हुने विभिन्न खेलकुदमा सक्रिय सहभागि हुँदै आएका छन् । उनले नेपालमा हुँदा २०४३ देखि ५८ सम्म उसु प्रशिक्षणको रूपमा काम गरेका थिए ।

अमेरिकामा बसेपनि खेल क्षेत्रबाट नेपाललाई योग्दान दिने सकिने उनी बताउँछन् । युवा तथा खेलकुदलाई अझ सशक्त र मजबुत बनाउन आफूले उपाध्यक्ष पदमा उम्मेदवार दिएको लामा बताउँछन् ।

सम्पूर्ण युवावर्गको लागि खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्ने मुख्य सोचल नै आफूले उम्मेदवारी घोषणा गरेको लामाले बताए । अमेरिकामा बसेपनि खेलकुदबाट मातृभूमि नेपाललाई चिनाउने आफ्नो उद्देश्य भएको उनी बताउँछन् ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूलाई खेलकुदमा संलग्न गराई अमेरिकाबाट युरोप र मातृभूमि नेपालमा हुने प्रतियोगितामा संलग्न गराउने उनको प्रतिवद्धता रहेको छ । त्यस्तै
मातृभूमि छाडेर पनि आफ्नो मातृभूमिको लागि खेल क्षेत्रबाटै केही गर्ने उनको प्रतिवद्धता छ ।

अमेरिकामा रहेका गैरआवासीय नेपाली खेलाडीहरूले पनि नेपालको लागि पदक दिलाउन सक्ने उनको दाबी छ । अमेरिकामा बस्दै आएका गैरआवासीय नेपाली खेलाडीहरूले पनि नेपालको गौरिका सिंहलेजस्तै पदक दिलाउन सक्न लामा बताउछन् ।

आवासीय नेपालीहरूको पहिचान र अमूल्य आर्दशलाई माथि उठाउन र साझा प्लेटफर्मको रुपमा स्थापना गराउन युवाहरूको महत्वपूर्ण भूमिका रहेने उनी बताउँछन् ।
नेपालीहरूको समास्यालाई समाधान गर्नका लागि आफूहरु सधै प्रतिवद्ध रहेको पनि लामाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७